रुविभ्याली गाउँपालिका वडा नं. १ लिन्जोमा डिभिजन वन कार्यालय, धादिङको आयोजनामा जिल्लाको उत्तरी हिमाली क्षेत्रमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा भएको प्रशिक्षक प्रशिक्षण तालिम जेठ ९ गतेसम्म सञ्चालन हुनेछ । विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन–स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढिकरण भन्ने नारा सहित शुरु गरिएको तालिमआगामी दिनहरूमा अन्य हिमाली गाउँ–बस्तीतर्फ विस्तार गर्दै लैजाने योजना रहेको र उक्त तालिममा विभिन्न सामुदायिक वन, उपभोक्ता समूह, गोठाला समुदाय, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरूलाई खर्क क्षेत्रको वैज्ञानिक व्यवस्थापन, वातावरणीय सन्तुलन, चरन व्यवस्थापन, जैविक विविधताको संरक्षण, जल स्रोत संरक्षण तथा हिमाली जीवनशैलीसँग जोडिएको परम्परागत ज्ञान र आधुनिक तालिमले हिमाली क्षेत्रमा रहेको खर्क र्अथात् घाँसे मैदानको दीगो व्यवस्थापन, संरक्षण तथा उपयोगका विषयमा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको डिभिजन वन कार्यालय धादिङका प्रमुख डिभिजनल अधिकृत बिष्णु प्रसाद आचार्यले बताउनु भयो ।
हिमाली क्षेत्रका खर्कहरू केवल घाँसे मैदान मात्र होइनन्, यी स्थानीय समुदायको जिविकोपार्जन, पशुपालन र परम्परागत जीवनशैलीसँग गहिरो रूपमा गाँसिएका छन् । तालिममार्फत समुदायमा प्रशिक्षक तयार पारेर दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल