सिरहा नगरपालिका–१७ स्थित नेपाल–भारत सीमा स्तम्भ नं.२६८/११ को उत्तरतर्फ करिब ४० फिटको दुरीमा झाडीभित्र लुकाइराखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म माडर सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर दत्त तिवारीको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले सोमबार दिउँसो करीब २ बजे सो क्षेत्रमा खोजतलास गर्दा कालो प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो। बरामद गरिएको ब्राउन सुगर जस्तो देखिने उक्त वस्तुको तौल प्लास्टिकसहित ११ ग्राम ७ सय मिलिग्राम रहेको सशत्र प्रहरी बल नेपाल न-७ गण हे.क्वा सिरहा सनैठा एसपी नरेश भणडारिले जानकरी दिए ।

सशस्त्र प्रहरीले फेला पारेको लागुऔषध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने कार्य भइरहेको एसपी भणडारिले बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल