आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा

मंगलबार, जेष्ठ ६, २०८२

theme

आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ अन्तर्गतको अन्तिम खेलमा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

 

आजको खेल जित्ने टोली एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालीफायर्समा पुग्ने छ । टी-२० आईमा नेपालले हाल सम्म थाइल्यान्डलाई हराउन सकेको छैन । दुई टोली बीच खेलिएका सबै ६ खेल थाइल्यान्डले जितेको छ ।सुपर थ्रीमा नेपाल र थाइल्यान्डले युएईलाई पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएका थिए,  नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे टेर्डथाई क्रिकेट मैदान बैंककमा सुरु हुनेछ । दुबै टोली आजको खेल जित्दै एसिया छनोटको विजेताका रूपमा अघि बड्ने लक्ष्यमा हुने छन ।सुपर थ्रीको पहिलो खेलमा थाइल्यान्डलले युएईलाई ५४ रनले पराजित गरेको थियो भने नेपालले युएईलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा बलिङमा कविता कुवर र ब्याटिङमा कप्तान इन्दू बर्माले सानदार प्रदर्शन गरेपछि नेपाल विजयी भएको हो । कविताले आफ्नो टी-२० आई करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २० रन खर्च गरेर ४ विकेट लिएकी थिइन् । ब्याटिङमा इन्दूले अविजित ३० तथा रूविना क्षेत्रीले २३ रन बनाएपछि १ सय १५ रनको लक्ष्य नेपालले सहजै पुरा गरेको थियो ।

 

विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् । filephoto

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल