धादिङ अस्पतालमा यो सेवा पहिलो पटक आजबाट सुरु गरिएको हो काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा इन्डोस्कोपी आजबाट सेवा सुरु गरिएको छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो,जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । पेट दुखाइको कारण पत्ता लगाउन, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्न, जीवाणु÷नमूना (दष्यउकथ) संकलन गर्न, सानो शल्यक्रिया गर्न (जस्तैः पोलीप हटाउने) एन्डोस्कोपी गरिने उनले बताए ।
धादिङ अस्पतालमा थुप्रै खालका विशेषज्ञसहितका सेवाहरु विस्तार भएका छन् । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनगर गरि इन्डोस्कोपी सेवा सुरु गरिएको हो बागमती प्रदेश सरकार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग परिवर्तन ल्याउने र अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन इन्डोस्कोपी सेवा विस्तार गरिएको धादिङ अस्पतालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् ।सकेसम्म सेवा विस्तार र गुणस्तरिय सेवा प्रवाहमा अस्पतालले जोड दिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल