नागढुङ्गा नौबिसे सडक विस्तार : यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो चार घण्टा बन्द गरिने

बुधबार, जेष्ठ ७, २०८२

theme

सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे १५ दिनका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ ।

 

काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो ससडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म १० दिनका लागि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । 

 

आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल