उत्तरी धादिङको लिन्जोमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

शुक्रबार, जेष्ठ ९, २०८२

theme

लिंजोमा संचालित हिमाली क्षेत्रको खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न धादिङ रुबभ्यिाली गाउँपालिका वडा लनम्बर १ लिंजोमा संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ ।

 

डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा रुबभ्यिाली क्षेत्रका चौँरी पालक, भेडा पालक र बाख्रा पालक किससानहरुका लागि खर्क व्यवस्थाक सम्बन्धी प्रशिक्षक तालिम मा किसानहरु सहभागि थिए । डिभिजन कन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षमा भएको तालिम समापन समारोहमा तालिम समापनका अबसरमा किसानहरुले किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् । लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट वि बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समूह समेत गठन गरिएको छ । तालिमको अबसरमा सहभागि किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चोँरी फार्मममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले गर्नुभएको थियो । आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षण्मा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् । उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन बन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन बन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताउनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल