शुक्रबार धादिङका स्थानिय तहहरुमा नेकपा (एकिकृत समाजवादी) ले बुझायो स्मरण पत्र बुझाएको छ ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ समाजवादी देशव्यापी आन्दोलनमा जुटेको छ । नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सवाल र मुद्दाहरुलाई समेटेर एकिकृत समाजवादीले प्रधानमन्त्री देखि वडा अध्यक्षसम्म ध्यानाकर्षण गराईसकेको छ । सोही ध्यानाकर्षण पत्रमा समेटिएका प्रमुख मागहरु पूरा गर्नेगरी पालिकाहरुले आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा संवेदनशील बनाउन एकपटक पुनः स्मरण गराउने उदेश्यले शुक्रबार धादिङका २ नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा स्मरण पत्र बुझाईएको एकिकृत समावजवादीका केन्द्रीय सदस्य सुवास खतिवडाले बताए । “हाम्रा कतिपय मागहरु संघिय सरकारले गम्भीरताका साथ ग्रहण गर्नुपर्ने र नागरिक प्रति पूर्ण जवाफदेही बनेर पूरा गर्ने प्रकृतिका छन्, यद्यपी स्थानिय सरकार नागरिकको घरआँगनको सरकार भएकाले स्थानिय सवालहरु स्थानिय रुपमै सम्बोधन गर्न र बजेट जनमुखी बनाउन एक प्रकारले दवाव सिर्जना गर्ने उदेश्यले स्मरण पत्र बुझाईको” खतिवडाले जानकारी दिए ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत एकिकृत समाजवादीले गत बैशाख २३ सबै स्थानिय तहहरुमा आफ्ना माग पत्र पेस गरेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल