गङ्गाजमुना गाउँपालिका–३ गुम्दिमा शैक्षिक क्षेत्रका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम

शनिबार, जेष्ठ १०, २०८२

theme

धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दिमा शैक्षिक क्षेत्रका सरोकारवाला संग अन्तरक्रिया गरिएको छ । वडामा सञ्चालित विद्यालयहरुमा शैक्षिक सुधारका विषयमा छलफल गरिएको हो ।

गङ्गाजमुना गाउँपालिका–३ को आयोजनामा जनप्रतिनिधिहरु, वडा भित्र रहेका ६ वटा विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरुलाई गुणस्तरिय शिक्षा प्रवाह तथा शैक्षिक सुधारका विषयमा एक दिने अभिमूखिकरण गरिएको हो । कार्यक्रममा शैक्षिक सुधारका लागि विद्यालयमा देखिएका समस्या, चुनौति र ति समस्या तथा चुनौति समाधानका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावकको भूमिका लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गरेका हुन् । कार्यक्रममा गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले शिक्षा क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । ‘शैक्षिक सुधारका लागि वडाले हरेक वर्ष आवश्यकता र मागलाई मध्यनजर गरि बजेट विनियोजन गरिरहेको छ ।

आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा आवश्यक बजेट तथा वडाले सहजीकरण गर्नेछ’ उनले भने– ‘शैक्षिक क्षेत्रमा भएका लगानी अनुसार प्रतिफल भएको देखिदैन । के आवश्यक हो वडा तथा पालिकासँग माग गर्नुस् । तर ग्रामिण क्षेत्रमा रहेर अध्ययन गर्ने बालबालिकाको भविष्य पनि सुन्दर बनाउने काममा लागौं । सबै मिलेर लागे गुणस्तरिय शिक्षा सम्भव छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ