धादिङमा गणतन्त्र दिवस भव्य रूपमा मनाउने तयारी

सोमबार, जेष्ठ १२, २०८२

theme

गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा २०८२ भव्य रूपमा मनाउने भएको छ ।

 

मुल समाराेह समितिले जेठ १५ गते प्रभातफेरी कार्यक्रम अायाेजना गर्नेभएकाे छ । मुल समारोह समितिले  जेठ १४, १५ र १६ गते सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ-संस्थाका कार्यालयहरूको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाँउने र साँझ सम्पूर्ण कार्यालयहरू र जिल्लाबासीका घर-घरमा समेत दीप प्रज्जवलन समेत अाग्रह गरिएकाे छ ।  जेठ १५ गते बहिरा विद्यार्थीहरुका लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग तथा प्रोत्साहन गर्ने र  जेठ १४ गतेको  बिहान सार्वजनिक स्थल, खोला नाला, सडक तथा सार्वजनिक कार्यालयहरु सरसफाई गर्ने कार्यक्रम समेत तय गरिएकाे छ ।गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै  स्थानीयतहका सरकारहरुलाई समेत दिपावली सहित मनाउन अाग्रह गरेकाे छ ।  गणतन्त्र दिवस मसल समाराेह समितिका संयाेजक जिल्ला समन्वय समितिका प्रमुख  नवराज अधिकारी काे अध्यक्षतामा  साेमबार बसेकाे बैठकले गणतन्त्रको उपलब्धि र यसलाई संस्थागत गर्ने विषयमा समेत छलफल गरिएकाे छ ।  बैठकमा नेपाली काँग्रेसका बिनाेद तिमल्सिना, नेकपा एमालेका राधिका सापकाेटा, नेकपा माअाेवादी केन्द्रका मनराज भण्डारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायत सहभागी हुनुभएकाे थियाे । 

राजनीति दलहरुले व्यानर सहित प्रभातफेरीमा सहभागि हुने छन् भने प्रभातफेरीमा गणतन्त्र झाँकि समेत सहभागी हुने र उत्कृष्ट झाँकिहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेकाे प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे ।  प्रभातफेरी पछि गणतन्त्रको उपलब्धि बारे अन्तरक्रिया,  कार्यक्रम स्थलमा रक्तदान, रेडियाे टिभिमा नेपाल पत्रकार महासंघकाे समन्वयमा अन्तरसम्वाद  गर्ने,  नेपालमा गणतन्त्र अवसर र चुनौती भन्ने विषयमा पालिकाहरूले पुरस्कार सहितको वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएकाे छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ