कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ,कृषिमन्त्री अधिकारी

आइतबार, फाल्गुण ४, २०८१

theme

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बैज्ञानिकको विदेश पलायन रोक्नु पर्ने वताउनुभएको छ ।

ललितपुरमा आज आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समुह वैठकलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने बैज्ञानिकहरुको विदेश पलायन हुने अवस्था रोकिएको छैन , नेपालमै काम लाग्ने बैज्ञानिकहरुलाई स्वदेशमै रहन सक्ने वातावरण वनाउन जरुरीे छ ,मन्त्री अधिकारीले भन्नुभयो । बैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले नार्कमा धेरै वर्ष देखि नसुल्झेको जटिलताहरु सुिल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको वताउनुभयो ।

मन्त्री अधिकारीले बैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको पनि उल्लेख गर्नुभयो । कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक वनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरि नतिजा निकाल्नु पर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिनुभयो। कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने वालीका जातहरु पनि सोही अनुकुलको हुनु पर्नेमा े जोड दिनुभयो ।

कृषि उपजको आयातलाई कम गर्न छिमेकी देशहरुले कृषिमा गरेको प्रगतीवाट हामीले पनि सिक्न जरुरी छ मन्त्री अधिकारीले ,भन्नुभयो कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको र सवैको सामुहिक प्रयासले मात्रै आयात कम गरि निर्यातको वाटो तर्फ लाग्न सकिने वताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल