जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडक स्तरोन्नतिका लागि आजदेखि सीतापाइला–धार्के कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने जानकारी गराएकोे हो ।
उक्त सडक खण्डमा कालोपत्र गर्ने काम भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडीबाहेकका सबै प्रकारका गाडीलाई सडक खण्डमा पूर्णरूपमा रोक लगाइने सूचनामा उल्लेख छ।
प्रशासनले सडकको स्तरोन्नति अवधिभरि गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने सूचनामा भनिएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल