नीलकण्ठ नगरपालिकाको आयोजनामा शनिबार आज धादिङबेशीमा युवा सीप, तालिम तथा दोस्रो रोजगार मेला सम्पन्न भएको छ ।
मेलामा करिब २५ वटा स्टलहरू राखिएका थिए, जसमा सरकारी, निजी तथा गैरसरकारी संघसंस्थाहरू, तालिम प्रदायक संस्था, स्थानीय उद्यमी, सहकारी संस्था, व्यवसाय परामर्शदाता, व्यवसाय दर्ता सेवाप्रदायक, बैंक तथा बीमा कम्पनी, गैरसरकारी संघसंस्था, युवा व्यवसायी समूहहरू लगायतले स्टलमा विभिन्न प्रदर्शनीका सामाग्रीहरु राखेका थिए ।मेलाको अवसरमा सहभागी युवाहरूलाई भविष्यका लागि उपयुक्त तालिम कुन हो भनेर बुझ्न के सिक्न चाहनुहुन्छ ? भन्ने शीर्षकमा विशेष फर्म भरिएको छ । जसमा सयौं युवाहरूले सीप, तालिम तथा रोजगारप्रति आफ्नो रुचि र आवश्यकता उल्लेख गरेका छन् ।

नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयको प्रागणमा भएको मेलामा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले सीपलाई उद्यमशिलता, उत्पादन र श्रमसँग जोड्दै युवालाई रोजगारी दिन रोजगार मेला गरिएको बताउनुभयो ।
सीप सिकेर स्वरोजगारमा लागेका युवाहरूले आफैंले बनाएका सामग्रीहरू ढाकाका पछ्यौरी, टोपी, बुटिक, ढाका झोला, सजावटी सामाग्री, बासको टोकरी, अचार, हस्तनिर्मित सौन्दर्य सामग्री, बुटिक कपडा तथा विभिन्न हस्तकलाका सामाग्रीहरु प्रदर्शनी तथा विक्रिका लागि राखिएको हो ।


गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल