सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाले अवैध रूपमा काठ तस्करी गर्दै गरेको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।
कटारीबाट मिर्चैयातर्फ आउँदै गरेका ती गाडीहरूलाई प्रहरीले गोप्य सूचनाको आधारमा राति करिब १० बजे मिर्चैया नगरपालिका वडा -७ फुलबरिया नजिक नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त इन्चार्ज प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकीका अनुसार कटारी बेलसोत क्षेत्रबाट काठ बोकेर आइरहेका ती गाडीहरू चेकजाँच नगरी भागेपछि प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिइएको हो। तीमध्ये एक गाडी मधेश प्रदेश–०३००१च–७१४४ र अर्को मधेश प्रदेश -१०१००१च -८५९५ नम्बरको रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बुढाथोकीले घटनाबारे वन कार्यालयलाई जानकारी गराइसकेको र थप अनुसन्धानका लागि काठसहितको गाडी वन कार्यालयका कर्मचारीलाई बोलाएर थप अनुसन्धान गरि जिम्मा लगाउने जानकारी दिए।
नियन्त्रणमा लिएको काठ गोलबजार नगरपालिका वडा न-४ मा संचालिय गुप्ता सह मिल फनिचर उध्योगका संचालक श्याम गुप्ता(करिया)को रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल