धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नगरसभाको १७ औं अधिवेशनले १ अरब २२ कराेड ९३ लाख ५ हजारकाे बजेट विनियाेजन नीति तथा कार्यक्रम आज सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । नगरप्रमुख ढुंगानाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट योजना, जिम्मेवारी र समयरेखा तय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो काम कागजमा मात्र होइन, व्यवहारमा देखिनेछ। नगरवासीको सहभागिता र विश्वासकै आधारमा हामी शिक्षित, सशक्त र समुन्नत नीलकण्ठ निर्माण गर्न प्रतिबद्ध छौं ।
नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘एक वडा, एक उत्पादन’, व्यवसायिक कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्योग प्रवर्द्धन, कालोपत्रे सडक सञ्जाल, सबै घरमा खानेपानी, गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा, नमूना श्रोत विद्यालयको प्रवर्द्धन र युवा स्वरोजगार जस्ता कार्यक्रम समावेश छन्। शिक्षामा गुणस्तरीयता बढाउन नमूना विद्यालय, शिक्षक मूल्यांकन, पोषण सामग्री वितरण, छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा उच्च शिक्षाका लागि अनुसन्धानवृत्तिको व्यवस्था गरिने उल्लेख छ । नगरका सबै वडामा कालोपत्रे सडक, खानेपानी योजना, फोहोर व्यवस्थापन, खुला व्यायामशाला, नमूना बस्ती विकास र भू–उपयोग नीति लागू गरिनेछ। पर्यटन प्रवर्द्धनका लागि होमस्टे, धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, स्थानीय संस्कृति संरक्षण, खेल क्षेत्रको पूर्वाधार निर्माण, कला–साहित्य प्रवर्द्धन लगायत कार्यक्रम समावेश छन्।महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी, सीमान्तकृत समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ। शान्ति सुरक्षा, जनउत्तरदायी प्रशासन, पारदर्शिता, सूचना–सञ्चार प्रणाली सुधार, विपद् व्यवस्थापन, गुनासो सुन्ने र जवाफ दिने संयन्त्रलाई समेत प्रभावकारी बनाउने उल्लेख छ।
चालू आर्थिक वर्षकाे असार ५ सम्ममा ५४ दशमलव ४९ प्रतिशत मात्र बजेट कार्यान्वयन भएकाे उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयाे । बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ।
नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै भन्नुभयो,“यो बजेट हामीले संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, विषयगत क्षेत्रका आवश्यकता, विज्ञ तथा सरोकारवालाका सुझाव र वर्तमान परिस्थिति तथा सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा तयार गरेका हौं ।
उपप्रमुख विश्वकर्माले अगाडि थप्नुभयो, “समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न हामीले यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएका छौं ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ