राप्ती नगरपालिको डडुवामा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

शनिबार, आषाढ ७, २०८२

theme

चितवको राप्ती नगरपालिका–३डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो दुर्घटना हुँदा ३ जना पुरुष र २ जना महिला गरी सात  जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

सो दुर्घटनामा २० जना घाइते घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी  ठोक्किएको र तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा–५ बस्ने वर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर वतन नखुलेको अन्दाजी १९ की महिला, हाल नामथर वतन नखुलेकी अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ को पुरुष रहेका छन् । नामथर नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को पुरुष व्यक्ति रहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।

दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ