कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब नभएको वताउनुभएको छ ।
मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरुमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) ले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धन मार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरुको प्रवद्र्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरुको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्नुभयो । मन्त्री अधिकारीले विगत देखि नै परम्पारगत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरुको व्यवसायीकरण गरी मूल्य श्रृंखलाको विकास मार्फत निर्यात प्रवद्र्धन गर्न सके कृषकहरुको जिवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि वताउनुभयो । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम(R-HVAP)को स्थापना कार्यशालालाई आज सम्वोधन गर्नुहुदै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरु देखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । नेपाल सरकार र International Fund for Agricultural Development (IFAD) वीच सम्झौता भई ८ वर्ष अवधिका लागि लुम्बिनी , कर्णाली, र सुदुरपश्चिम प्रदेश अन्र्तगत २० जिल्लाका ८० पालिकाहरुमा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बन मार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरुको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम मार्फत बुटवल उपमहानगरपालिकामा अन्तराष्ट्रिय स्तरको कृषि बजार निर्माण गरि संचालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । सचिव शर्माले यस मार्फत देशका अन्य क्षेत्रहरुमा स्थापना भएका स–साना कृषि बजारहरुको आवद्धता गरी उच्च मूल्य कृषिवस्तुहरुको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न सक्ने संभावना समेत रहेको वताउनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८४१६५६५४४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ