त्रिपुरासुन्दरी गाउँपालिकाले ल्यायो ६४ करोड ९० लाख बजेट नीति तथा र बजेट कार्यक्रम सार्वजनिक

आइतबार, आषाढ ८, २०८२

theme

सुबास कुमाल,सल्यानटार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

 

आइबार आगामी आर्थिक वर्ष  २०८२/८३ को नीति तथा कार्यक्रम पालिका अध्यक्ष राजु उप्रेतीले  र बजेट उपाध्यक्ष देवराज धरेलले सार्वजनिक गरेका हुन् । गाउँअधिवेशनमा उपाध्यक्ष धरेलले प्रस्तुत गरेको आर्थिक वर्षको बजेट  ६४ करोड ९० लाख रुपैयाँ सर्वसम्मतले पारित समेत भएको छ । पालिकाले कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन , रोजगारलाई प्राथमिकतामा राखेर कार्यक्रम सार्वजनिक गरेको हो । पालिकाले पूर्वाधार विकासलाई आगामी वर्षको कार्यक्रममा विशेष स्थान दिएको छ । पालिकाले गाउँ गौरवको आयोजनाहरुको लागि भनेर ६ करोड ६५ लाख छुट्याएको छ । यस्तै दर्जनौ कार्यक्रममा पालिकाले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी बजेट छुट्याएको छ ।

 

अध्यक्ष राजु उप्रेतीले पेश गरेको त्रिपुरासुन्दरीको नीति तथा कार्यक्रम

 

उपाध्यक्ष देवराज धरेलले पेश गरेको त्रिपुरासुन्दरीको बजेट,कुन शीर्षकमा कति ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

100%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल