गजुरी गाउँपालिकाले गाउँसभा तथा १६ औँ अधिवेशन लागि आगामी आर्थिक वर्ष २०८२/०८३ का ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गजुरी गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विशुरालले बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता र समृद्धिको मार्गचित्र अनुरूप बजेट विनियोजन गरिएको जानकारी दिइन् । प्रस्तुत बजेटमध्ये ४३ करोड ३३ लाख ४२ हजार रुपैयाँ (६४.५ प्रतिशत) चालु खर्चतर्फ र २३ करोड ८९ लाख ५० हजार रुपैयाँ (३५.५ प्रतिशत) पुँजीगत खर्चतर्फ छुट्याइएको छ । सभामा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको प्राथमिकता कृषि, सीपमूलक तालिम तथा पारदर्शिता र उत्तरदायित्वसहित आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला विशुराल, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, गाउँ कार्यपालिका सदस्यहरू, कर्मचारी, विभिन्न वडाका प्रतिनिधिहरू तथा आम नागरिकहरूको उपस्थिति रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल