आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा लिइन्छ । धादिङको नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीमा रोपाई महोत्सव आयोजना गरिएको छ ।

नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । असार महिनामा किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् ।
धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती लगाईदै आएको छ । बार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।
जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिदै आएको कृषि विकास कार्यालय धादिङले जानकारी दिएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल