धादिङको १३ वटै स्थानिय तहमा आज माघ २२ गतेदेखि किशोरीहरुलाई लक्षित गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भि. खोप अभियान सञ्चालन हुँदै छ ।
रजस्वला भएको बेला सामान्य रुघाखोकी ज्वरो आएको बेला लगाउन मिल्छ । यो खोपले टाउको दुख्ने, सामान्य ज्वरो आउने, जिउ दुख्ने, रिंगटा लाग्ने, माशंपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ तर यसबाट आत्तिनु हुदैन ।
जिल्लामा १४ हजार ११३ एच.पि.भि. भायल, १५ हजार ५२४ ए.डि सिरिञ्ज (०.५ मि.लि) प्राप्त हुने खोप धादिङ जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ७९ छात्रा र विद्यालय नजाने ८ सय ९४ गरी १३ हजार ९ सय ७३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्ने उद्देश्यले १० देखि १४ वर्षका किशोरीहरुलाई माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एच.पि.भि.) खोप लगाईने जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिनुभयो ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप एच.पि.भि खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो,डव्लु.एचओ.आई.पि.डि का डाक्टर सस्मिता बास्तोलाका अनुसार प्रजनन् उमेर सुरु हुनु अगावै एच.पि.भि खोप दिएमा किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने र खोप लगाएपछि यो रोगबाट उन्मुक्ति मिल्ने छ ।
खोप अभियान दुई चरणमा गरिने छ । माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ ।
अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् । सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउन देशभर करिब १७ लाख किशोरीलाई निशुल्क खोप दिन लागेको हो । खोप सातवटै प्रदेशमा पठाइएको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल