२४ विद्यार्थीको भविष्यसँग खेलवाड, नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको लापरबाहीले एसईई ग्रेड घटुवा

सोमबार, आषाढ १६, २०८२

theme

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको गम्भीर लापरबाहीका कारण २४ जना एसईई परीक्षार्थीको ग्रेड प्रभावित भएको छ ।

 

एसईईको नतिजा सार्वजनिक हुँदा सैद्धान्तिकतर्फ ए प्लस ल्याएका नीलकण्ठ नगरपालिका–३ पहरे चौताराका आयुस भट्टको  कम्प्युटर विषयको प्रयोगात्मकतर्फ सी प्लस मात्र आएको थियो, जुन उनका लागि अबिस्वास्निय रह्यो । विद्यालयले प्रयोगात्मकतर्फ ५० पूर्णाङ्कको सट्टा २५ पूर्णाङ्कमै मुल्याङ्कन गरेर परीक्षा बोर्डमा पठाएको खुलेको छ । यसै कारण कम्प्युटर विषय लिएका २४ जना सबै विद्यार्थीको प्रयोगात्मकमा सी प्लस वा सी ग्रेड मात्र आएको छ । शिक्षक र विद्यालयको यो लापरबाहीका कारण भट्ट ४ जिपिए ल्याउन बाट बन्चित भए भने अन्य २३ जना विद्यार्थीले नतिजा हेरेपछी झन् धेरै पीडा भएको बताए । विद्यालय प्रशासनको लापरबाही प्रति आक्रोश व्यक्त गर्दै अभिभावकले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । विद्यार्थीहरूले भने आफ्नो मेहनतले पाएको ग्रेडभन्दा कम अंक आउँदा मानसिक तनाव र निराशा व्यहोर्नु परेको बताएका छन् ।

 

 

यसले छात्रवृत्ति र उत्कृष्ट शिक्षालयमा पढ्न पाउने अवसर समेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । शिक्षक र विद्यालयले यस्ता घटनालाई गम्भीर रूपमा लिएर तत्काल पुनरावलोकन प्रक्रिया अघि बढाउनु आवश्यक भएको अभिभावकहरूको माग छ । 

विद्यालयका प्रधानाध्यापकले “प्राविधिक त्रुटि” भएको भन्दै क्षमायाचना गरेका छन्, विद्यार्थीको पुनरावलोकनको प्रकृया थालिएकोले छिट्टै जिपिए सुधार भएर आउने बताएका छन् ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
10%

65%

5%

10%

10%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल