ज्वालामुखीमा ५० प्रतिशत अनुदानमा ५८ कृषकलाई हाते ट्याक्टर वितरण

सोमबार, आषाढ १६, २०८२

theme

कृषिमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ धादिङको ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ ।

 

 

ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) प्रदान गरेको हो । गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्याक्टरबाट सहज हुन्छ कृषिमा आधारित रोजगारी सिर्जना, आय वृद्धिमा टेवा पुग्ने, र कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य साथ हाते ट्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरिएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए ।

सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल