गजुरीका ९० जना गृहिणी महिलाहरूले पाए आधुनिक मौरीको घार

बुधबार, आषाढ १८, २०८२

theme

धादिङको गजुरी गाउँपालिकाले ९० जना मौरी पालक गृहिणी महिला कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको छ । 

 

गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार गाउँपालिकाले वडा नं. ३, ६ र ७ का गृहिणी महिलाहरूलाई लक्षित गरि महिला कृषकलाई  बागमती प्रदेश सरकारको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत अनुदानमा आधुनीक मौरीको घार खरिद गरी व्यावसायिक मौरीपालक गृहिणी महिलाहरूलाई प्रोत्साहन दिने उद्देश्यले १६ दिने मौरीपालन सम्बन्धिको तालिम प्राप्त गृहिणी महिला कृषकलाई ९० वटा आधुनिक मौरीको घार वितरण गरिएको छ । 

कार्यक्रमको मुख्य उद्देश्य मौरीपालनको सीपमार्फत महिलाहरूलाई आर्थिक सशक्तिकरण र स्वरोजगारतर्फ उन्मुख गराउनु हो । सहभागी महिलाहरूले पनि कार्यक्रमप्रति उत्साह व्यक्त गर्दै यसले आफूहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठ, वडा नं. ६ का वड़ा अध्यक्ष भक्तबहादुर (कर्ण) तामाङ र वडा नं. ७ का वड़ा अध्यक्ष बद्रीप्रसाद जम्कटेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, हेटौंडा मकवानपुरको आयोजनामा तथा गजुरी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

गजुरी गाउँपालिकाले आगामी दिनमा पनि महिला सशक्तिकरण तथा व्यावसायिक कृषि विकासका यस्ता कार्यक्रमलाई निरन्तरता दिने गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिशुरालको भनाई छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल