धादिङ जिल्लाभर रहेका १ सय ३४ सामुदायिक विद्यालयमध्ये १४ विद्यालयका बिद्यार्थी सतप्रतिशत उतिर्ण एउटा विद्यालयको नतिजा शून्य

बिहीबार, आषाढ १९, २०८२

theme

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धादिङ जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भए भने एक विद्यालयको नतिजा शुन्य आएको छ ।

 

 

धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना गरी ५ हजार ४७५ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा २ हजार ८ सय ८३ जना अर्थात ६३ दशमलब ८५ प्रतिशत उतिर्ण गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष १५ दशमलब ५५ प्रतिशत बढी संख्यामा विद्यार्थी उतिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ४७५ जना विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना निजि विद्यालयबाट रहेका छन् । सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट १ जना (सन्ध्या तिमल्सिना), नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट १ जना (प्रशंषा श्रेष्ठ), गजुरीको गजुरी पिडा माविबाट १ जना (ईश्वर भण्डारी) र गल्छी बैरेनीको जनकल्याण माविबाट २ जना (समृद्धि ढकाल र सौरभी वाग्ले) रहेका छन् । त्यस्तै निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना (आयुष शर्मा र समिर भण्डारी ) र चिल्डेनपार्क बोर्डिङबाट १ जना (प्रिसिला तामाङ) रहेका छन् ।

 

 

जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भए भने नीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको रघु माविले कुनैपनि विद्यार्थीलाई उतिर्ण गराउन सकेन । परिक्षा दिएका ८ जना बिद्यार्थी सबै नन ग्रेडमा परे ।

यस वर्षको एसइइमा सामुदायिक विद्यालयतर्फ धुनीबेसी नगरपालिकाको महेशधर्म माविको १७ जना, नीलकण्ठ नगरपालिकाको भैरबी माविको १७ जना, प्रकाश माविको ३० जना, महेन्द्र माविको २१ जना, लामागुरु माविको २२ जना, गंगाजमुना गाउँपालिकाको रिगाउँ मावि, कल्याण माविको १३ जना, त्रिपुरासुन्दरी गाउँपलिकाको महेन्द्रोदय माविको १३ जना, कार्कीगाउँ माविको १६ जना, भिमोदय माविको ८ जना परिक्षा दिएका सबै उतिर्ण भएको छन् ।यसैगरी संस्थागत तर्फ त्रिपुरासुन्दरीको सल्यानटार बालविकास आवासिय माविको १० जना, बेनिघाट रोराङको ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कूलको २७ जना, गजुरी गाउँपालिकाको मुनाल एकेडेमीको २७ जना र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलको १३ जनाले परिक्षा दिएकोमा सबै उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी चण्डिका मल्ल ठकुरीले जानकारी दिनुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
67%

0%

0%

33%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ