धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

शुक्रबार, आषाढ २०, २०८२

theme

प्याब्सन धादिङअन्तर्गत आजदेखि जिल्लाभर एकै पटक प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ। जिल्लाका ३२ वटा विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षा दिइरहेका छन् ।

 

 

प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउँछ भने शिक्षकहरू पनि बढी जिम्मेवार बन्न बाध्य हुन्छन् ।

 

 

प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्छ ।

विद्यार्थीहरूका लागि एकरूपता कायम गर्ने उद्देश्यले गरिएको यस परीक्षालाई शिक्षा क्षेत्रको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल