ads

१७ औं नीलकण्ठ नगरसभाले प्रदेशको बजेटप्रति खेद प्रस्ताव

शुक्रबार, आषाढ २०, २०८२

theme

नीलकण्ठ नगरपालिकाको १७औं नगरसभाको दोस्रो वैठकमा नगर प्रमुख भिमप्रसाद ढ्ङ्गानाले पेस गर्नुभएको खेद प्रस्ताव सर्व सहमतिले पास गरिएकाे हाे ।

 

 

नीलकण्ठ नगरपालिका प्रमुख,नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनुभएका भिम ढुंगानाकाे अध्यक्षतामा संचालन भएकाे नगर सभाले बागमति प्रदेश सरकारले सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०८२/८३ को लागि पेश गरेकाे बजेट विरुद्ध नगरसभा बैठकमा सहभागी जनप्रतिनिधिहरूले प्रदेशको बजेटले स्थानीय तहको आवश्यकता र प्राथमिकता समेट्न नसकेको भन्दै खेद प्रस्ताव पारित गरेकाे छ ।

 

 

खेद प्रस्ताव सर्वसम्मतिले पारित गर्दै नगरसभाले सभाले असन्तुलित र व्यक्ति र जिल्ला केन्द्रित बजेटप्रति गम्भीर आपत्ति प्रकट गर्दै, संवैधानिक मूल्य र समान विकासका सिद्धान्तहरूको पालना हुनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुको साथै आगामी दिनमा नीति निर्माण एवं बजेटमा पारदर्शिता, समावेशिता, र न्यायपूर्ण वितरणको प्रत्याभूति गर्न आग्रह समेत गरेको छ ।

 

 

बाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत बजेट, प्रदेशको समग्र सन्तुलित विकास एवं संघीयताको मूल मर्म विपरित, व्यक्ति र पहुँच केन्द्रीत तथा अनुत्पादक र असन्तुलित देखिएकोले बजेट परिमार्जनका लागि नगरसभाले स्थानीय जनताको चाहना र आवश्यकता अनुसार कार्यक्रम समेटिएको छैन, यसप्रकारको बजेटले जनताको हितमा काम गर्न सक्दैन ।
 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल