
यसवर्षको राष्ट्रिय चलचित्र अवार्ड २०८१ प्रदान गरिएको छ । राष्ट्रिय चलचित्र अवार्ड २०८१ मा ‘शाम्बाला’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ। फिल्मसँगै मीन भामले उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् ।
त्यस्तै ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बरालले उत्कृष्ट अभिनेता अवार्ड पाएका छन्। फिल्म ‘खुस्मा’ की मुख्य पात्र उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्री अवार्ड हात पारेकी छन्।
चलचित्र विकास बोर्डले महाराजगञ्जस्थित राष्ट्रपति निवासमा कार्यक्रम गर्दै राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुनेहरूकाे सुची सार्वजनिक गरेको हाे। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथिका रूपमा उपस्थित थिए ।

यी हुन् राष्ट्रिय चलचित्र अवार्ड-२०८१ का विजेताहरूको सूची
उत्कृष्ट फिल्मः शाम्बाला
उत्कृष्ट अभिनेताः विजय बराल ‘पूर्ण बहादुरको सारङ्गी’
उत्कृष्ट अभिनेत्रीः उपासना सिंह ठकुरी ‘खुस्मा’
उत्कृष्ट निर्देशकः मीनबहादुर भाम ‘शाम्बाला’
उत्कृष्ट सम्पादकः भरत रेग्मी ‘पुजार सार्की’
उत्कृष्ट छायाकारः पुरुषोत्तम प्रधान ‘पिताम्बर’
उत्कृष्ट लेखनः दीपकराज गिरी ‘छक्का पञ्जा ५’
उत्कृष्ट आदिवासी मातृभाषी फिल्मः गालय् वन ‘नेपाल भाषा
निर्णायक समिति (जुरी) प्रोत्साहन पुरस्कार: अभिनेता प्रदीप खड्का ‘पुजार सार्की’
दीर्घ साधना सम्मानः लेखक / निर्देशक लक्ष्मीनाथ शर्मा
विशेष चलचित्र पुरस्कार
चे (लिम्बू)
दिलसरा (मगर)
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा फिल्म ‘चिनो’ छायांकनको क्रममा निधन भएको थियो)
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल