धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल