निर्वाचनको सरगर्मी र उमेदवारको चर्चा,धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशन

बुधबार, मंसिर २६, २०८१

theme

रमेश अधिकारी
नीलकण्ठ ७, धादिङ,

निर्वाचनको सरगर्मी र उमेदवारको चर्चा,धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशन

धादिङ उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा र ११औं अधिवेशनको सरगर्मीसंगै उमेदवारको चर्चा चलिरहेको छ । अधिवेशन आज उद्घाटन हुँदैछ ।  संघको प्रचलित विधानमा वर्तमान कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वतः पछिल्लो कार्यसमितिको अध्यक्ष हुने प्रावधान छ, त्यसैले ११औं अधिवेशनमा अध्यक्षको चर्चा छैन, वरिष्ठ उपाध्यक्षमा चासो र दौडधूप बढेको छ ।

एकसाता अघि नै रोहित भण्डारीले पूर्व अध्यक्षहरु साक्षी राखेर वरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । रोहितले २०६४ देखि प्रशासन प्रमुख भएर संघको आन्तरिक जीवन बुझेका छन्, मौजुदा कार्यसमिति सदस्य बनेर अनुभवलाई तिखारेका छन्, ब्यवसायमा सफल छवि छ, जिल्लाका सबैजसो उद्यमी ब्यवसायीका बैकिङ कारोवार, कर, प्यान,अडिट लगायतका सफ्टेरो अफ्टेरोमा सघाइ रहेको गुन छ धेरैलाई । राजनीतिमा उग्र स्वभाव छैन, समाजसेवामा त्याग छ, त्यसैले  यसपटक उनी बलिया उमेदवार हुन् ।

निर्वाचनको सरगर्मी र उमेदवारको चर्चा,धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशन

धादिङ उद्योग वाणिज्य संघमा करीब चार वर्ष कर्मचारीको रुपमा बिताएँ मैले रोहितको साथमा । सायद उनलाई नजिकबाट चिन्नेहरुमा म पनि परुँला । काम गर्ने हुट्हुटी र सीप दुवै भएका मान्छे असाध्यै कम हुन्छन्, ती थोरै भित्र पर्छन् उनी । धेरै रात संगै विताएको छु उनीसंग । रातमा पनि आरामले भन्दा कामले प्राथमिकता पाएको देखेको छु । आदत–आनीबानीमा छिः भन्नुपर्ने केही छैन । कुरा चपाउँदैनन्, अरुको अफ्टेरोमा मजा लिंदैनन् । संबन्ध, समन्वय र संचार सीप अब्बल छ ।

नेतृत्वमा अनिवार्य हुनुपर्ने विशेषता भनेको आशा हो, त्यो रोहितमा छ । उनले सार्वजनिक गरेका प्रतिबध्दतालाई हेर्ने हो भने उनले चाहेको पदको गरिमा स्पष्ट बुझेका छन् भन्न सकिन्छ । हाम्रो परिवेशको मूल समस्या सुयोग्य पात्र सुहाउँदो पद (च्ष्नजत उभचकयल चष्नजत उबिअभ) नहुनु हो, रोहितको हकमा धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पद सुहाउँदो छ ।

निर्वाचनको सरगर्मी र उमेदवारको चर्चा,धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशन

आम रुपमा हेर्ने हो भने प्रगति हुन नसक्नुको कारण दृष्टिकोण नहुनु हो, समस्यालाई स्वीकार नगर्नु हो, संभावना नदेख्नु हो । रोहितका वाचाहरुलाई हेर्ने हो भने उनीसंग धादिङ उद्योग वाणिज्य संघलाई कहाँ लैजाने हो भन्ने दूरदृष्टि स्पष्ट छ । उनमा अनायास वरिष्ठ उपाध्यक्ष हुने लहड पलाएको जस्तो लाग्दैन, लामो समयको अध्ययन र प्रयत्नबाट सायद यो कदम उठाएका हुन् । उनले उठाएका उद्योग वाणिज्यका सवाल वास्तविक छन् र कुशल नेतृत्वले हल गर्न सक्छ पनि । धादिङ उद्योग वाणिज्य संघलाई ब्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसाय मैत्री नीतिहरुको वकालत, साझेदारी विकास र ब्यवसायिक जोखिमहरुलाई कम गर्दै नीजि क्षेत्रको विकासलाई सघाउने, ब्यवसायीहरुको क्षमता विकासक गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिलमा सघाउने, ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने, उद्यमी÷ब्यवसायीहरुलाई वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने, जिल्लाका संभाव्य स्थलहरुलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने, प्रस्तावित राष्ट्रिय गौरवका आयोजनालाई गति दिन एवम् विकासका अन्य काममा नीजि क्षेत्रको भूमिका स्थापित गर्ने, परियोजनागत हिसाबले स्रोत समन्वय गरी उद्यम÷ब्यवसायको प्रवध्र्दन गर्ने जस्ता सवालको पहिचान गर्न सक्नु नै नेतृत्वको कौशल हो । समस्याका गर्भमा समाधानका भ्रूण हुन्छ भने झै उनी यी सवाल हल गर्ने सामथ्र्य राख्छन् भन्नेमा विश्वास गर्नुपर्छ ।

निर्वाचनको सरगर्मी र उमेदवारको चर्चा,धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशन

तर यतिखेर उनीसंग केही शर्त छन्, हुनु पनि पर्छ । यो संघ समस्त ब्यवसायी उद्यमीहरुको साझा हो भन्ने भावनालाई मर्न दिनु हुँदैन । एक्लै कुदेर गन्तब्यमा पुगिन्न भन्ने हेक्का राखी यथोचित जिम्मेवारी इच्छुक सबैलाई दिनुपर्छ । जिल्ला कार्य समिति, क्षेत्रीय समिति र विभागहरुमा आकांक्षीहरु धेरैलाई अटाउन सकिने पर्याप्त ठाउँ छ । धादिङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि एक सक्षम उमेदवार पाइएको छ, यो अवसरलाई सदुपयोग गर्दै रोहित भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पदमा विजयी गराऔं । नेतृत्वसंग अपेक्षा र गुनासाहरु हरदम भै रहन्छन्, रोहित जी , धादिङ उद्योग वाणिज्य संघलाई एउटा गर्विलो उचाइमा लैजान सफल हुनुहोस्, हार्दिक शुभकामना ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ