इराकको पाँचतले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु

शुक्रबार, श्रावण २, २०८२

theme

इराकको पाँचतले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ६१ जनाको मृत्यु भएको छ । 

 

 

इराकको पूर्वी सहर कुतमा नयाँ खुलेको पाँचतले सपिङ मलमा बुधबार राति भीषण आगलागी हुँदा ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। “एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ”, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भने । एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए । बगदादबाट करिब एक सय ६० किलोमिटर (एक सय माइल) दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए । अधिकांश निसास्सिएर मृत्यु भएको थियो। १४ वटा शव पूर्ण रूपमा जलेको र पहिचान नै गर्न नसक्ने अवस्थामा रहेको बिबिसीले जनाएको छ । 

 

 

घटनापछि इराकमा तीन दिन शोक घोषणा गरिएको छ । आगोको कारणबारे हालसम्म यकिन खुलासा नभए पनि स्थानीय प्रत्यक्षदर्शीहरूले दोस्रो तलामा एसी विस्फोट भएपछि आगो फैलिएको भनिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल