नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सभापति भरत प्रसाद उप्रेतीको निधनप्रति श्रद्धाञ्जली, शोकसभामा देउवा सहभागी हुने

आइतबार, श्रावण ४, २०८२

theme

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भरत प्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि एक शोकसभा आयोजना गरिने भएको छ । 

 

 

नेपाली कांग्रेस धादिङका लागि धरोहर मानिएका स्व. उप्रेतीको निधन २०८२ असार २८ गते, ९७ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले आयोजना गर्ने उक्त शोकसभा साउन ८ गते  बिहीबार दिउँसो १ बजे  धुनिबेसी नगरपालिका–७, नौबिसे बजारस्थित नौबिसेचोकमा सम्पन्न हुने भएको हो । उक्त  कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि विशेष उपस्थित रहने कार्यक्रम तय गरिएको छ । नेपाली कांग्रेस धादिङका कार्यवाहक सभापति गेहेन्द्रबहादुर मल्लले जानकारी  दिएका हुन् ।

 

 

भरत प्रसाद उप्रेती लामो समयसम्म नेपाली कांग्रेसमा सक्रिय रहँदै पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका नेता हुन् । उनी जिल्ला सभापतिको जिम्मेवारीका साथै विभिन्न सामाजिक क्षेत्रमा पनि क्रियाशील थिए ।नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी, आदर्शवान,निष्ठावान,त्यागी नेता नेपाली कांग्रेस धादिङका धरोहरका रुपमा परिचित नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि समर्पित रहेर निष्ठा, आदर्श र त्यागका प्रतीकका रूपमा चिनिँदै आएका थिए ।

 

 

उनको निधनले नेपाली कांग्रेस मात्र होइन, सिंगो लोकतान्त्रिक आन्दोलनले एक प्रेरणादायी नेतृत्व गुमाएको भन्दै नेता कार्यकर्ताले शोक व्यक्त गरेका छन् । धादिङ कांग्रेसले एक विज्ञप्ति जारी गर्दै एक सच्चा कार्यकर्ता श्रद्धाञ्जली अर्पण गर्न धादिङका सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक एवं नागरिकहरूलाई सहभागिता जनाउन सादर आमन्त्रण गरेको छ । शोकसभा मार्फत उप्रेतीको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल