बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई ६ लाख ५० हजार रुपैयाको युनिक छात्रवृत्ति वितरण गरिएको छ ।
युनिक नेपालले गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा रहेका माध्यमिक तहका १४ वटा सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत ७७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको हो । कार्यक्रममा २७ जना छात्र छात्रा हरुलाई जनही १० हजार रुपैयाका दरले दिर्धकालीन छात्रबृत्ति र ५० जना छात्र छात्राहरुलाई जनही ७ हजारका दरले अल्पकालिन छात्रबृत्ति रकम प्रदान गरिएको छ ।
‘युनिक छात्रवृत्ति’ अन्तरगत निर्देशिका वमोजि सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ५ वर्ष सम्म दिर्धकालीन छात्रबृती र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु लाई एक वर्षको लागि अल्पकालिन छात्रबृत्ति विद्यार्थीहरुको आवेदन संकलन गरी छनोट समितिले गरेको निर्णय अनुसार प्रदान गरिएको हो । छात्रबृत्ति रकमको चेक युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा. गोपाल दहित लगायत छात्रवृत्ति वितरण कार्यक्रमका अतिथीहरुले एक कार्यक्रमका विच छात्र छात्राहरुलाई हस्तान्तरण गर्नुभयो ।
यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले आफ्ना वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल