केरुङमा रोकिएका दुई सय तीन जना नेपालीलाई आज चीन सरकारले सिन्धुपाल्चोक नाकासम्म ल्याइदियाे

बुधबार, श्रावण ७, २०८२

theme

नेपाल–चीन सिमानामा रहेको मितेरी पुल गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

 

बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएका दुई सय तीन जनालाई आज तातोपानी नाका ल्याएर नेपाली पक्षलाई जिम्मा लगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिम्मा लिएका उनीहरूलाई सीधै काठमाण्डौतर्फ ल्याइने पनि अधिकारीले जानकारी दिए । भोलि फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन् । उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउने छ । साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पुर्‍याइदिने छ ।

 

बाढीका कारण अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल