नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ ।

वि.स.१९८५ सालमा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । नेपाली कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका-७ नौविसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उहाँले बताउनुभएको हो । अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ। संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ', पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले कार्यकर्तालाई सम्झाउउदै भन्नुभयो-'बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।

सभालाई सम्बोधन गर्नुहुँदै कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइराला लगायत केन्द्रिय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष सम्झदै प्रशंसा गरेका थिए ।


गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल