नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त

बिहीबार, श्रावण ८, २०८२

theme

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि क्याम्पस प्रमुख डाक्टर मुरारी अधिकारीले पदभार ग्रहण गरेका छन् ।

 

 

पदभार ग्रहण गर्दै डाक्टर अधिकारीले क्याम्पसलाई थप परिस्कृत गर्दै उत्कृष्ट क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गरे । पदले म क्याम्पस प्रमुख हुँ । तर यो नीलकण्ठ बहुमुखी क्याम्पस सबैको साझा संस्था हो । सबैले क्याम्पस प्रमुख सरह महसुस गर्ने गरि काम गर्नेछु’ उनले भने– ‘मेरो शिर भन्दा माथि मेरा गुरुहरु पूर्व क्याम्पस प्रमुखहरु राखेर काम गर्नेछु । सबैको साथले क्याम्पसको गरिमा र उचाई थप हुनेछ । क्याम्पसमा अन्र्तराष्ट्रिय सम्मेलन गर्ने, द्यब् प्रोग्राम सुरु गर्ने, प्रविधिको उच्चतम प्रयोग गरि शैक्षिक सुधार गर्ने लगायतका काम गर्नेछु । नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष भन्दा लामो समय पश्चात क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन समितिको ११३औं वैठकबाट अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको हो ।

 

 

विक्रम सम्वत २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन QAA प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् ।

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, क्याम्पसका पूर्व अध्यक्षहरु शम्भुकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नवराज शर्मा लगायतले शुभकामना दिदै क्याम्पसलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ