भारत हुँदै भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला नेपाल फिर्ता

शुक्रबार, श्रावण ९, २०८२

theme

भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई भारतबाट नेपाल फर्काइएको छ ।

 

 

भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर अवैधानिक तरिकाले कुवेत पठाउने तयारी भइरहेको भन्ने सूचना पाएपछि भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रण लिई नेपाली दूतावाससितको समन्वयमा स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्‍याइएको छ ।

 

 

गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल