भारतको पंजाब राज्य, कपुरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा धादिङको एड्भान्स एकेडेमीका कक्षा ७ का विद्यार्थी युनिक तामाङले दुबै विधामा स्वर्ण पदक जितेर नेपाललाई गौरव दिलाएका छन् ।
प्रतियोगितामा भारत, बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै तामाङले स्वर्ण जितेका छन् । धादिङको नीलकण्ठ डोजो र मनमैजु डोजो नेपालको खेलाडी युनिक तामाङले यस प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँदै दुईवटै विधामा स्वर्ण जितेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान बढाएका हुन् । प्रतियोगिता जुलाई २६ र २७ मा भारतको कपुरथलास्थित धर्मसभामा सम्पन्न भएको थियो । ३० केजी तौल समूह अन्तर्गत काटा र कुमुते दुवै विधामा उनले अव्वल स्थान हासिल गर्दै २ वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन् ।
युनिकको जितले नेपाली करातेको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको कोच शक्ति तामाङले बताए । आईडब्लुएफ कराते डो संघ, त्रिपुरेश्वर काठमाडौंको समन्वयमा भएको यो सहभागितामा रुवीभ्याली गाउँपालिका, सेर्तुङ, एडभान्स एकेडेमी स्कुल धादिङ, नीलकण्ठ नगरपालिका तथा नीलकण्ठ डोजोको उल्लेखनीय योगदान रहेको युनिकका बुबा विजय तामाङले बताए । प्रतियोगितामा सहभागी भइ जित निकाल्न सहयोग गर्ने विभिन्न संघसंस्था र स्थानीय निकायलाई उनले धन्यवाद व्यक्त गरेका छ्न् ।
नेपाली कराते खेलमा नयाँ ऊर्जा थपेको उनको भनाई छ । युनिकको सफलता नेपाली कराते खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको उनले बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ