देशभर गएराति देखि धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकोले सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र आसपासमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन, सम्भव भए यात्रा स्थगन गर्न तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न मौसम विभागले अनुरोध गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल