सप्तरीको राजगढमा प्रहरीको गोलीबाट लालु यादवको ज्यान गएपछि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु

बुधबार, श्रावण २१, २०८२

theme

सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ । भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए ।

 

उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो । मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ । घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन् । हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको छ ।

तस्बिर :- रबि शर्मा

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल