बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर साउन २५ गते आइतवार बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमतीको मन्त्रिपरिषद् बैठकले साउन २५ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशको काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाइने गरिएको छ । सङ्घीय सरकारले गाइजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिँदै आएको छ ।

उक्त निर्णयसँगै बागमती प्रदेशमा साउन २५ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल