नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २६औं स्थापना दिवस मनाइयो

मंगलबार, श्रावण २७, २०८२

theme

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २६औं स्थापना दिवसको अवसरमा मंगलबार धादिङबेसीमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

पत्रकारहरुले थुप्रै खालका सवालहरु उठाइदिन उनले आग्रह गरे । सांकोष तिप्लिङ सडक खण्ड राती तथा पानी परेको समयमा पिच गरेको आफैले देखेर पिच कमसल भएको बताउदा पनि नमानेको उदाहरण स्मरण गर्दै यस्ता क्षेत्रमा अझै दम्दारिलो साथ कलम चलाइदिने उनले आग्रह गर्दै दिगो विकासमा ठूलो योगदान पुग्ने बताए । विश्वसनीय र तथ्यपरक पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा पत्रकारहरुको भूमिका अतुलनिय रहेको छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता समाजको ऐना पनि हो’ उनले भने । कार्यक्रमकै अवसरमा आफु वडा अध्यक्ष भएर आइसकेपछि नीलकण्ठ वडा नम्बर १२ मा सेवा प्रवाह चुस्त तथा सहज बनाएको उनले बताए । उनले भने– ‘चाहे त्यो सिफारिस दिने कुरा होस् या सामाजिक सुरक्षा भत्ता । अपाङ्गता भएकाहरुका लागि कार्ड होस् या सशक्तिकरण कार्यक्रमदेखि विकास निर्माणका कार्यहरु होस् । फोनिज धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को सहयोगमा धादिङमा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारहरू विकास र परिवर्तनको संवाहक रहेको बताएका छन् ।

 

 

धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले अनिजबाट फोनिज हुँदै २६औं वर्षसम्म आइपुग्दाको यात्रा, उतारचढाव, फोनिजका मुद्धा, धादिङमा पत्रकारिताको इतिहास लगायतका विषयमा स्पष्ट पारे । पत्रकारहरुलाई सक्षम बनाई पत्रकारितामा सिक्ने, टिक्ने र विक्ने वातारण बनाउन फोनिजले विभिन्न तालिम सञ्चालन गर्दै आएको उनले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल