कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पुरा गर्न मन्त्रालय अन्र्तगतका निकाय एंव नेतृत्वलाई एक आपसमा समन्वय गरि अघि बढन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालय सँग सम्वन्धीत रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समय भित्रै सम्पन्न गरिसक्न के कस्ता समस्याहरु छन , यि समस्याको समाधानका लागि सामुहिक प्रयास गर्न जरुरी छ ,भन्नुभयो । मन्त्रीअधिकारीले कतिपय विषय अन्य मन्त्रालय तथा निकाय सँग पनि सहकार्य गरि अघि बढनु पर्ने रहेका छन , यि विषयहरुलार्इृ पनि प्राथामिकता दिन मन्त्रालय अन्र्तगतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखि प्रदेश र स्थानीय तह सँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्वन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो । गत आर्थिक वर्षमा मन्त्रालयवाट सम्पादन भएका कार्यहरु महत्वपुर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मुलरुपमा नागरिकले अनुभुति गर्ने गरि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी वनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डन , मन्त्रालयका सचिवहरु डा.गोविन्द शर्मा, डा.दीपक कुमार खराल , नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.कृष्ण तिमिल्सिना , मन्त्रालयका सहसचिव , विभागीय तथा योजना प्रमुखहरुले हाल भएका उपलब्धी , समस्या , आवश्यकता लगायतका विषय राख्नुभएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल