विश्व वन्यजन्तु दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका युवाहरुले चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान दिवस २०८१ वि विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
निकुञ्ज आसपासका युवाहरु स्वस्फुर्त ढंगबाट वन, वन्यजन्तु संरक्षण गर्न भन्दै निकुञ्ज संरक्षण अभियानमा जुटेको १६ वर्ष पुगेको अवसरमा फागुन १९ गते पृथ्वी र मानव हितका लागि वन्यजन्तु संरक्षणमा लगानी भन्ने नारा सहित गेरुवा गाउँपालिका ६ स्थित कल्पेश्वर खेल मैदानमा दिवस मनाएका हुन ।
दिवसको उद्घाटन नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले गर्नु भएको हो ।
दिवसका अवसरमामा संरक्षण सम्बन्धी विभिन्न झाँकी प्रर्दशनी, संरक्षण सचेतना र्याली र स्थानिय कलाकारहरुद्धारा विविध सांस्कृतीक कार्यक्रमको प्रस्तुती गरिएको थियो भने भलिवल र डोरी तान्ने खेलको प्रतियोगिता राखिएको थियो ।
चोरी शिकारको अन्त्य गर्न वन र वन्यजन्तु जोगाउन २०६५ साल देखि युवाहरुले थालेको यस अभियानमा निकुञ्ज आसपासका बर्दिया र सुर्खेतको उत्तरी क्षेत्रका मध्यवर्ती क्षेत्रमा रहेका १९ वटा उपभोक्ता समिति र १९ वटै चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान सञ्जालका युवाहरु दिवसमा सहभागी थिए ।
दिवस बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति, चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान सञ्जाल, स्थानीय सरकार तथा अन्य संरक्षणमा जुटेका संघ संस्थाहरुको साझेदारीमा मनाईएको हो।

चोरी शिकार नियन्त्रण अभियानमा स्वतःस्फुर्त रुपमा युवाहरु जुटेको दिनलाई सम्झना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरुले फागुन २७ गते चोरी शिकार नियन्त्रण युवा परिचालन दिवस मनाउँदै आएका थिए । नेपाल सरकारले विश्व बन्यजन्तु दिवसकै दिन चोरी शिकार नियन्त्रण युवा अभियान मनाउने निर्णय गरेपछि २०७१ बाट मार्च ३ का दिन दुवै दिवससंगै मनाउन थालेका हुन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल