जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम

शुक्रबार, श्रावण ३०, २०८२

theme

पाब्सन धादिङको आयोजनामा रोजमेरी चाइल्डकेयर इङ्ग्लिस बोर्डिङ स्कुलमा सम्पन्न कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू बीचको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम स्थान हासिल गर्दै समग्रतामा च्याम्पियन बनेको छ ।

 

 

प्रतियोगितामा द्वितीय स्थान रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुल, तृतीय स्थान आदर्श पाठशाला र सान्त्वना स्थान चिल्ड्रेन पार्क सेकेन्डरी स्कुलले प्राप्त गरेका छन्। प्रतियोगिता दुई विधामा सम्पन्न भएको थियो। बालक विधामा एडभान्स एकेडेमी प्रथम, चिल्ड्रेन पार्क सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय, आदर्शिला पाठशाला तृतीय र रोजमेरी चाइल्डकेयर स्कुल सान्त्वना स्थानमा रहे। बालिका विधामा रोजमेरी चाइल्डकेयर स्कुल प्रथम, एडभान्स एकेडेमी द्वितीय, सालन्तर बालबालिका विद्यालय तृतीय र आदर्शिला पाठशाला सान्त्वना स्थानमा रहे। बालक र बालिका दुवै विधाको संयुक्त नतिजामा एडभान्स एकेडेमीले च्याम्पियनको उपाधि हात पारेको हो। कार्यक्रमका प्रमुख अतिथि केन्द्र पाब्सनका सदस्य रमेशकुमार श्रेष्ठ थिए भने अध्यक्षता पाब्सन धादिङका अध्यक्ष दिनेश भट्टले गरेका थिए। पाब्सन धादिङ सदस्य विद्यालयहरूको सहभागिता रहेको सो कार्यक्रममा सञ्चालकको जिम्मेवारी पाब्सन धादिङका ईसीए इञ्चार्ज सञ्जीव घजुरेलले वहन गरेका थिए। अध्यक्ष दिनेश भट्टका अनुसार, पाब्सन धादिङले विद्यार्थीहरूको गुणस्तर अभिवृद्धिका लागि यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

 

 

प्रमुख अतिथि श्रेष्ठले पनि यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई पढाइमा मात्र नभई आत्मविश्वासी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए। विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथि लगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८४१६५६५४४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ