धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको निर्माण , कृषिमन्त्री अधिकारी द्वारा उदघाटन

बुधबार, भाद्र ४, २०८२

theme

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  धनुषाको  गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा   निर्माण भएको  कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार  उदघाटन गर्नु भएको  छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण  उधम तथा आर्थिक विकास आयोजना (REED) ले  निर्माण गरेको  उक्त भवन नगरपालीकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले  किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । हाम्रै  गाउँ घरमा किसानलाई आवश्यक सल्लाह  , कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न  आवस्यक छ ,- मन्त्री अधिकारीले भन्नुभयो ।उहाँले मन्त्रालयले  आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यस्को लाभ लिन आग्रह गर्नुभयो । विभिन्न पालिकामा यस्  आयोजना मार्फत अत्याधुनीक सेवा सहितका कृषि भवनहरु  निर्माण भएकाले पालिकाहरुले पनि यस्को प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भन्नुभयो । कार्यक्रममा पुर्ब कृषि मन्त्री  रामकृष्ण यादबले  किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको वताउनुभयो । त्यस्तै पुर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले  कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगर प्रमुख जित नारायण यादबले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले  कृषि र पशुमा देखिने समस्या  समाधान गर्न सहज हुने बताउनुभयो । आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले  केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

 

 

२ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको  आर्थिक करिडोर , महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिनुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल