सप्तरीको राजविराज नगरपालिका–९ मलेठ स्थित एक गोदामबाट २४ क्विन्टलभन्दा गाँजा, स्याउ सहितका अबैध समान बरामद भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको रुपनी–राजविराज सडक खण्डसँगै जोडिएको उक्त गोदामबाट २४ क्विन्टल १९.५ किलो गाँजा, स्याउसहितका अबैध समान बरामद भएको हो ।
गोदाम परिसरमा एउटा ट्रकबाट अर्को ट्रकमा स्याउ लोड भइरहँदा शंका लागेर चेकजाँच गर्दा गोदामभित्र गाँजासहितका सामग्री बरामद भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
उनका अनुसार गोदामबाट कपडा, सुर्ती, स्यानेटरी प्याड पनि बरामद भएको । त्यस्तै, उक्त गोदामबाट दुई भारतीय नम्बर प्लेटको चार चक्के गाडी (कार र स्कारपियो) समेत बरामद भएको छ । उक्त गाँजासहितका समान रोशन यादवको रहेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
उनका अनुसार यादवलाई फोन सम्पर्क गर्दा उनी आएन । बरामद भएका अन्य समानको मुचुल्का तयार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ