सप्तरीको राजविराज बाट २४  क्विन्टलभन्दा गाँजा बरामद

सोमबार, फाल्गुण १९, २०८१

theme

सप्तरीको राजविराज नगरपालिका–९ मलेठ स्थित एक गोदामबाट २४  क्विन्टलभन्दा गाँजा, स्याउ सहितका अबैध समान बरामद भएको  छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको रुपनी–राजविराज सडक खण्डसँगै जोडिएको उक्त गोदामबाट २४  क्विन्टल १९.५ किलो गाँजा, स्याउसहितका अबैध समान बरामद भएको  हो ।
गोदाम परिसरमा एउटा ट्रकबाट अर्को ट्रकमा स्याउ लोड भइरहँदा शंका लागेर चेकजाँच गर्दा गोदामभित्र गाँजासहितका सामग्री बरामद भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
उनका अनुसार गोदामबाट कपडा, सुर्ती, स्यानेटरी प्याड पनि बरामद भएको । त्यस्तै, उक्त गोदामबाट दुई भारतीय नम्बर प्लेटको चार चक्के गाडी (कार र स्कारपियो) समेत बरामद भएको छ । उक्त गाँजासहितका समान रोशन यादवको रहेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
उनका अनुसार यादवलाई फोन सम्पर्क गर्दा उनी आएन ।  बरामद भएका अन्य समानको मुचुल्का तयार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल