आज कुशे औँसी घर–घरमा कुश भित्र्याइँदै,बुबाको मुख हेर्ने दिन आजै

शनिबार, भाद्र ७, २०८२

theme

हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने पर्व आज कुशे औँसी अर्थात् पितृ औँसी, घर–घरमा कुश भित्र्याउने धार्मिक परम्परासँगै बुबाको मुख हेर्ने दिन पनि मनाइँदैछ ।


 

वैदिक सनातन परम्पनुसार भाद्र कृष्ण औँसीका दिन पवित्र घाँस कुश घरमा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।  यस दिनदेखि औँसीसम्मको १५ दिनलाई महालय पक्षा वा श्राद्धपक्ष भनिन्छ, जसमा पितृहरुको सम्झनामा श्राद्ध, तर्पण र दान गर्ने चलन छ ।यस दिनमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई भोजन र उपहार दिने र बाबुको मुख हेर्ने गर्छन् । बुबा दिवंगत भएका परिवारले भने पितृलाई श्राद्ध, तर्पण र दान गरेर श्रद्धाञ्जलि अर्पण गर्ने गर्दछन् ।

 

 

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पनि कुशे औँसीलाई धर्म, संस्कृति र पितृश्रद्धासँग जोडिएको महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल