वीरगञ्जमा हैजाका बिरामीको संख्या ४५ पुगे

आइतबार, भाद्र ८, २०८२

theme

वीरगञ्जमा हैजा संक्रमण पुष्टि हुनेहरुको संख्या ४५ पुगेको छ । पछिल्लो समय हैजाका नयाँ बिरामी अस्पताल भर्ना हुने बिरामीको चाप तीव्र भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

 

 

वीरगञ्जको मुर्ली टोलमा सुरु भएको संक्रमण शनिबारसम्म आइपुग्दा वडा नम्बर ११, १२, १३ र १६ मा समेत फैलिएको पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको वीरगञ्ज हेल्थकेयरलगायतका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको चाप तीव्र भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तीमध्ये कतिपय बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केही अझै अस्पतालमै उपचाररत छन् । शनिबारसम्म झाडापखालाका कारण दुई जनाको मृत्यु भएको पुष्टि भए पनि हैजाकै कारण हो वा होइन भन्नेबारे परीक्षण नतिजा आउन बाँकी छ। मृतकमध्ये एक जना पोखरिया–९ की महिला र अर्का वीरगञ्ज–१२ का पुरुष रहेको जनाइएको छ ।

 

 

महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नागरिकलाई आपतकालीन जानकारी र उपचारका लागि आवश्यक समन्वय उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

 

रोगका लक्षण र सावधानी

हैजाको लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुखाइ, आँखा गाडिनु, शरीरमा पानीको कमी, मांसपेसी दुख्ने र ज्वरो आउनु पर्छ। समयमै उपचार नपाए मृत्यु हुनसक्छ ।  स्वास्थ्यकर्मीहरूले दूषित खाना र पानीबाट हैजा फैलिने भएकाले उमालेको वा क्लोरिन हालिएको पानी मात्र पिउन, सागसब्जी सफा गरी पकाएर खान, बासी खाना नखान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल