धन कमाउने र परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर विदेशिएका नेपालीहरू पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट स्वदेश फर्काइएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु हुने क्रम उच्च रहँदै आएको सरकारी तथ्यांकले देखाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो । हाल विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको शव हरेक दिन औसतमा ४ देखि ५ जनासम्म ल्याइँदै आएको हो । शव फर्काउने देशहरूमा कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, र कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा रहेका १,२५५ जनाको मृत्यु भएको थियो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकामध्ये मृत्यु भएकाहरूलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो ।तर प्रहरीद्वारा मुचुल्का उठाइएका र सम्बन्धित परिवारलाई बुझाइएका शवहरूको तथ्यांक हेर्दा सोही अवधिमा १,४०१ जनाको मृत्यु भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि १,४५५ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल