दशकयताकै सबैभन्दा ठूलो डढेलो,जापानको जङ्गलमा

सोमबार, फाल्गुण १९, २०८१

theme

तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो जापानको जङ्गलमा नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् ।

सन् १९७० को दशकयता जापानमा डढेलोको सङ्ख्यामा कमी आएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर झन्डै एक हजार तीन सय हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो फैलिएको थियो ।

गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । यो क्षेत्रमा गएको वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो । जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका खबरमा उल्लेख छ । ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अधिकारीहरूका अनुसार झन्डै तीन हजार दुई सय जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धूवाँ उडिरहेको देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल