तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो जापानको जङ्गलमा नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् ।
सन् १९७० को दशकयता जापानमा डढेलोको सङ्ख्यामा कमी आएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर झन्डै एक हजार तीन सय हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो फैलिएको थियो ।
गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । यो क्षेत्रमा गएको वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो । जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका खबरमा उल्लेख छ । ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अधिकारीहरूका अनुसार झन्डै तीन हजार दुई सय जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धूवाँ उडिरहेको देखिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ